त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार
काठमाडौँः त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ।
सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको हो। यसैगरी, त्रिशूली–३ ‘ए’ सुरुङबाट भर्खरै अर्को एक जना कबीर महर्जनलाई पनि उद्धार गरिएको खबर प्राप्त भएको सशस्त्र प्रहरीले जनाएको छ। सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन्।
सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिए। उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ। उद्धार गरिएका साहलाई आवश्यक उपचार तथा सुरक्षित स्थानान्तरणका लागि तयारी गरिएको छ।