सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक जना लागूऔषधसहित पक्राउ

२०८३ भदौ १६, ०७:५८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ स्थित गोप्य सूचनाको आधारमा अवैध लागूऔषध १ ग्राम ९१० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय ललित साउद पक्राउ परेका हुन्। साउदलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार राति निजको घर कोठा खाँनतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस