कञ्चनपुरमा ब्राउनसुगरसहित तीन जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–१० विकास बस्तीबाट स्थानीय ३२ वर्षीय होसियार रानालाई ९५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा प्रहरी चौकी परासनबाट खटिएको टोलीले सोमबार दिउँसो चेकजाँचका क्रममा रानालाई पक्राउ गरेको हो।
त्यस्तै, लालझाडी गाउँपालिका–१ डाँडाबिछवामा लागूऔषध बिक्री–वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीय ३० वर्षीय राजेश रानालाई पक्राउ गरिएको छ। प्रहरीले उनको घरकोठामा खानतलासी गर्दा ब्राउनसुगर २८० मिलिग्राम पदार्थ फेला पारेको जनाएको छ।
सोही क्षेत्रबाट १८ वर्षीय एक किशोरलाई १ ग्राम ८४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।