धनगढीमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन
धनगढी - धनगढीमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका ज्ञात–अज्ञात मृतकहरूको सम्झनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।
लायन्स क्लब इन्टरनेसनल ३२५ एन, एरिया नम्बर ५ परिवारको आयोजनामा सोमबार धनगढीको जेन्जी मार्ग(पार्क मोड)मा गरिएको हो ।
बाढीमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्ति तथा बैकुण्ठबासको कामना गर्दै दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा धनगढी तथा आसपासमा रहेका सम्पूर्ण लायन्स सदस्यहरूले सहभागिता जनाएका थिए ।
आयोजकले ‘आउनु न, एउटा दीप बालौँ, दिवंगत आत्माहरूको चिरशान्ति र बैकुण्ठबासको कामना गरौँ’ भन्दै कार्यक्रममा सहभागी जनाउदै भब्य रुपमा पुर्ण गरेका छन् ।
कार्यक्रममार्फत बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समेत समवेदना व्यक्त गरिएको छ ।