सुनको मूल्य घट्यो, चाँदीको स्थिर
२०८३ भदौ १५, ०१:०२
काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र चाँदीको मूल्य रु चार हजार ७८० कायम भएको छ।
आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख नौ हजार र चाँदीको मूल्य रु चार हजार ७८० कायम भएको थियो।
कमेन्ट लोड गर्नुस