धनगढीमा पुगेर पर्यटन मन्त्री भट्टराईले भने–मन्दिरमा लगानी गरेर पर्यटन प्रवर्द्धन हुदैन
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्राईले मन्दिरमा लगानी गरेर पर्यटन प्रवद्र्धन नहुने बताएका छन्। कैलाली उद्योग वाणिज्य संघले धनगढीमा गरेको सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया कार्यक्रमका मन्त्री भट्टराईले प्रदेश र संघ सरकारले मन्दिरहरुमा लगानी गर्नु उचित नहुने बताएका हुन्।
‘मन्त्रालयमा हजारौले मन्दीर, गुम्बा, भ्यू टावरकाका मागहरु गर्दै आउने गरेका छन्,’ मन्त्री भट्टराईले भने, ‘तर संघीय र प्रदेश सरकारले मन्दीरमा लगानी गर्न उचित छैन्।’ सुदूरपश्चिमको धार्मीक–साँस्कृतिक क्षेत्रलाई समेटेर पर्यटकीय गन्तव्य निर्माण गर्न प्रदेश सरकारलाई उनले निर्देशन दिए। ‘आर्थिक र प्राविधिक सहयोग हामी गर्छाै,’ उनले भने, ‘भारतले कृतिम धामहरु बनाएको छ, ति क्षेत्रमा अहिले पर्यटकको चहल–पहल बढेको छ, सुदूरपश्चिमको पनि धार्मीक, प्राकृतिक, सांस्कृतिक क्षेत्रलाई समेटेर गन्तव्य निर्माण गर्न आवश्यक छ।’
मन्दीरहरुमा धार्मीक आस्थाका कारण लगानी गरेपनि उपलब्धी नहुने मन्त्री भट्राईको भनाइ छ। प्रदेश सरकारलाई रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी गर्न पनि उनले आग्रह गरे। धनगढी विमानस्थलको स्तरबृद्धी सहित सुदूरपश्चिमका बन्द रहेका विमानस्थल सञ्चालनका लागि प्रतिवद्ध रहेको मन्त्री भट्राईले बताए। कञ्चनपुरको मजगाँउ विमानस्थल सञ्चालनको लागि प्राविधिक टोली पठाउने उनले बताए। प्रदेशका अन्य विमान विमानस्थललाई सञ्चालन गर्दै आन्तरिक हवाई सेवाका लागि प्रयोग गरिने बताए।