सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीका मृतकको आत्मशान्ति र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विष्णुसहस्रनाम पाठ

२०८३ भदौ १४, ११:३४ खबर संवाददाता

धनगढी: भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धनगढीमा सामूहिक श्रीविष्णुसहस्रनाम स्तोत्र पाठ पारायण तथा पूजन कार्यक्रम  आयोजना गरिएको छ।

बाढीमा परी ज्यान गुमाएका मृतकहरूको आत्माले वैकुण्ठ प्राप्त गरून् तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आइतबार बिहान धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा धार्मिक कार्यक्रम आयोजना गरिएको हो।

श्रीलक्ष्मीनारायण मन्दिर परिसर, धनगढीमा बिहान ९ बजे सामूहिक रूपमा श्रीविष्णुसहस्रनाम स्तोत्र पाठ पारायण तथा पूजन कार्यक्रम गरिएको मन्दिरका व्यवस्थापक हरिप्रसन्न न्यौपानेले बताए।

कार्यक्रममा विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्न श्रद्धालुहरूको समेत उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस