बाढीपीडितको राहतका लागि धनगढीकाे चिरायु डायग्नोस्टिक सेन्टरद्वारा १ लाख सहयोग
धनगढी: बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि धनगढीमा रहेकाे सुदूरपश्चिमको पहिलो डायग्नोस्टिक सेन्टर चिरायु एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर प्रा.लिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।
सेन्टरका तर्फबाट १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाइएको छ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउन विभिन्न व्यक्ति तथा संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ।