सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

२०७६ भदौ २६, १०:३५ खबर संवाददाता

पहिरोमा पुरिएर रुकुममा दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको मुसीकोट नगरपालिका– १० स्थित चुनमा पहिरोमा पुरिएर १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी  १० वर्षीया सावित्री विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार बेलुकी ५ः३० बजेको समयमा विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस