सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा धनगढी–१२ को प्रथम वडा अधिवेशन सम्पन्न, सभापतिमा उपाध्याय चयन

२०८३ साउन २८, ०२:०६ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनगढी उपमहानगरपालिका–१२ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दुर्गाप्रसाद उपाध्यायलाई वडा सभापतिमा चयन गरेको छ।

अधिवेशनमा रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोष जोशी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा जिल्ला सभापति कविन्द्र ठकुल्ला, नगर सभापति तुलाराम खनाल, प्रदेश सदस्यहरू तथा वडा क्षेत्रका स्थानीयवासीको उपस्थिति रहेको थियो।

अधिवेशनबाट वडा उपसभापतिका साथै आगामी २०८४ सालको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत ‘क्यान्डिडेट क्लब’मा पहिलो उम्मेदवारका रूपमा रविन्द्र थापालाई सिफारिस गरिएको जनाइएको छ।

त्यस्तै, वडा सचिवमा खडक कुँवर चयन भएका छन्। सदस्यहरूमा जानुका घिमिरे, अमित कुँवर र तीर्थ नेपाली चयन भएका छन्।

अधिवेशनले वडा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै आगामी निर्वाचन तथा स्थानीय तहमा पार्टीको संगठन विस्तार र जनसम्पर्कलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

कमेन्ट लोड गर्नुस