बेलौरीमा करेन्ट लागेर एक महिलाको मृत्यु
कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
बुधवार बिहान बेलौरी नगरपालिका –६ भुराकोटकी ५३ वर्षीया अनिता पन्तको नौगाउँस्थित खेतमा घाँस काट्ने क्रममा विद्युत् पोलबाट घरमा लगिएको सप्लाई भुईँमा लत्रिएको तार काटिएर करेन्ट लाग्दा उनको मृत्यु भएको हो।
खेतमा लत्रिएको विद्युत् तार काटिँदा करेन्ट लागेपछि स्थानीयले देखेर पन्तलाई उपचारका लागि जगदम्बा अस्पताल बेलौरी पुर्याइएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।