सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा रास्वपा नेता पक्राउ

२०८३ साउन २७, १२:५० खबर संवाददाता

रौतहटः सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता रविन्द्र यादव पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले गरुडा नगरपालिकाका रास्वपा सभापति यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरे।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस