कैलालीबाट १६ ग्राम खैरो हेरोइनसहित ५ जना पक्राउ
धनगढीः कैलालीबाट १६ ग्राम खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले १६ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित कैलालीको विभिन्न स्थानका ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको जोशीपुर गाउँपालिका–२ बस्ने २८ वर्षीय रामराल डगौरा, धनगढी उपमहानगरपालिका–७ बस्ने २३ वर्षीय अनिल चौधरी, गोदावरी नगरपालिका–४ बस्ने ४५ वर्षीय शंकर विक, २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय बिजय चौधरी रहेका छन्।
उनीहरुको साथबाट खैरो हेरोइन १६ ग्राम २९० मिलिग्राम र ५ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित इलाका प्रहरी कार्यालयहरूमा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए।