सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते

२०८३ साउन २१, १२:१७ रासस

काठमाडौँ: ललितपुरको ग्वार्कोमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
 
दुर्घटनामा परी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। दुर्घटनामा घाइते भएका १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस