सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भरुवा बन्दुक बरामद

२०८३ साउन २०, १०:०७ खबर संवाददाता

बैतडीः बैतडीमा भरुवा बन्दुक बरामद गरिएको छ।

बैतडीको सिगास गाउँपालिका–३ चमडे खर्क स्थित सामुदायिक वन भित्र ओडारमा लुकाई छिपाई राखेको बेवारिसे भरुवा बन्दुक एक थान मंगलबार साँझ प्रहरीले बरामद गरेको हो। गोप्य सूचनाको अधारमा प्रहरी चौकी गाँजरी, बैतडीबाट खटिएको प्रहरीले उक्त ओडारमा लुकाई छिपाई बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कमेन्ट लोड गर्नुस