सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिजुलीको पोल ढल्दा मोटरसाइकल र अटो दुर्घटना, एक महिला घाइते

२०८३ साउन १८, ११:३१ खबर संवाददाता

धनगढी: सोमवार बिहान करिब ८ बजे धनगढीको चटकपुर–राजघाट सडकखण्डमा बिजुलीको पोल ढलेपछि मोटरसाइकल र अटो दुर्घटनामा परेका छन्।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४५ वर्षीया आशा चौधरी घाइते भएकी छन्। दुर्घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो।

माया मेट्रो अस्पतालका इन्चार्ज जगत महताका अनुसार घाइते चौधरीको अस्पतालमा आवश्यक उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस