सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाईकल चोरी गरी भाग्दै गरेका तीन जना पक्राउ

२०७६ भदौ २४, ०२:२७ खबर संवाददाता

धनगढीमा मोटरसाईकल चोरी गरी भाग्दै गरेका तीन जना पक्राउ परेका छन्। धनगढी उप महानगरपालिका वडा नम्बर १ बस्ने त्रेस रसाईलीले घर आगनमा राखेको से ३ प ७९७२ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका ८ बाट वडा नम्वर ९ का २० बर्षीय उमेश धामी, सोही ठाउँका १९ बर्षीय बिशेष योगी र कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर २ बस्ने २० बर्षीय केशव रानालाई पक्राय गरिएको हो।

उनीहरु विरुरु चोरी मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस