सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ६ सय क्युबिक फिट सालको काठ बरामद

२०८३ साउन १६, ०१:०३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, बाणीस्थित श्री दिपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समूहको भवन परिसरबाट बेवारिसे अवस्थामा राखिएको साल जातको काठ बरामद गरिएको छ।

काठ ल्याएर बेवारिसे अवस्थामा राखिएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गुलरिया, डिभिजन वन कार्यालय महेन्द्रनगर र सब–डिभिजन वन कार्यालय बाणीबाट खटिएको संयुक्त टोलीले शुक्रबार राति साल जातको ६६ थान (करिब ६०० क्युबिक फिट) गोलिया काठ फेला पारेको हो।

बरामद गरिएको काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सब–डिभिजन वन कार्यालय बाणी, कञ्चनपुरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस