सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकापुरमा ४३० मिलिग्राम खैरो हेरोइनसहित युवक पक्राउ

२०८३ साउन १६, १२:५९ खबर संवाददाता

कैलाली: कैलालीको टिकापुर नगरपालिका–१, ब्लक नं. १३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४३० मिलिग्रामसहित एक युवक पक्राउ परेका छन्।

शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा सोही स्थानका २० वर्षीय क्रिस शर्माको साथबाट उक्त पदार्थ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले लागूऔषधसहित शर्मालाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस