सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल युवा उद्यमी मञ्च कैलालीको नवाैं कार्यसमिति गठन, अध्यक्षमा आयुष हमाल  नियुक्त

२०८३ साउन १६, ११:४८ खबर संवाददाता

धनगढी: नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) कैलालीको अध्यक्षमा युवा व्यवसायी आयुष हमाल नियुक्त भएका छन्। 

शुक्रबार धनगढीमा निवर्तमान अध्यक्ष अच्युत दाहालकाे अध्यक्षतामा भएकाे एनवाइइएफकाे नवाैं वार्षिक साधारण सभामा हमालको नेतृत्वमा गठन भएको कार्यसमितिमा प्रथम उपाध्यक्षमा आशिष शाह, उपाध्यक्षमा भरत श्रेष्ठ, सदस्यमा आयुष मोहपाल, प्रितम करिया, श्रवण शाह, गोविन बोहरा, वीरेन्द्र भट्ट, सौरभ भट्टराई, राजनकुमार राना, अमृत जैशी, रुजुल भट्ट, सुशील पन्त चयन भएका छन्।

हमालको नेतृत्वमा मञ्चले अझ सशक्त, सक्रिय र प्रभावकारी बन्दै कैलालीका युवा उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलताको प्रवर्द्धन तथा आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। 

नवीन नेतृत्व चयन कार्यक्रमका प्रमुख अतिथिमा एनवाइइएफकाे नेशनल गभर्निङ काउन्सिलका अध्यक्ष सुदिप घिमिरे रहेका थिए। यस्तै, विशिष्ट अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुँवर, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा, नेशनल गभर्निङ काउन्सिलकी विलासा श्रेष्ठ तथा पवित्र गौतमको उपस्थिति रहेका थियाे।

कमेन्ट लोड गर्नुस