कञ्चनपुरबाट भरुवा बन्दुक बरामद
२०८३ साउन १५, ०९:१०
कञ्चनपुरः कञ्चनपुरबाट भरुवा बन्दुक बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१ र ३ को सिमाना स्थित बाराकुण्डाबाट बिष्णु मन्दिर जाने बाटोको तुम्डी खोलाको पुल मुनी लुकाई छिपाई राखेको बेवारिसे भरुवा बन्दुक १ थान बिहिबार राति प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक पुल मुनी लुकाई छिपाई बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस