सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने, गृहमन्त्री सुनसरी जाँदै

२०८३ साउन १४, ०६:०५ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। देशमा सामाजिक सद्भावविरोधी गतिविधि बढ्दै गएपछि उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। बिहीबार साढे ६ बजे उनले सम्बोधन गर्न लागेको प्रधानन्त्रीको सचिवालयले जनाएको छ। 

यस्तै, गृहमन्त्री सुधन गुरुङ भने सुनसरी जाने भएका छन्। सुनसरीमा भएको दुई समुदायबिचो झडप र गोलीकाण्डपछि मौन बसेको भनेर आलोचना भइरहेका बेला उनी सुनसरी जान लागेका हुन्। स्वास्थ्यमन्त्री निशा मेहतासँगै गृहमन्त्री गुरुङ सुनसरी जान लागेका हुन् । 

कमेन्ट लोड गर्नुस