प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ साउन १३, ०१:४०
काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्। सुनसुरीको कप्तानगञ्ज घटनापछि सरकारको कदमप्रति प्रश्न उठिरहेको समयमा उनले बैठक बोलाएका छन्।
प्रधानमन्त्री सचिवालयले शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बोलाएको जानकारी गराएको भए पनि कुन विषयमा छलफल हुने भन्ने जानकारी गराएको छैन।
कमेन्ट लोड गर्नुस