सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाैनबाटा हाम्रो गाउँको इतिहास र परिचय

२०८३ साउन ९, ०४:५३ खबर संवाददाता

दार्चुला: दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका हुनैनाथ वडा नम्बर-४ गाेठ्युडी अन्तर्गत भाैनबाटा एक सुन्दर रमणीय गाउँ हाे ।

हाल भाैनबाटामा भाैनबाटीहरूकाे पुर्ख्याैली भवन भत्काएर हुनैनाथ बाँजस्थान मन्दिरकाे भणारीघर रहेकाे छ । भाैनबाटा भन्ने ठाउँ बाँजस्थान मन्दिरकाे दक्षिण करीब ५०० मीटर तल रहेकाे छ । जुन हुनैनाथ औतालेक मन्दिरकाे पश्चिमतिरबाट टाैटाक देखिन्छ ।

भाैनबाटाकाे पूर्वमा रानीपातल र औल्लेक गाउँ, सिन्याडी, पश्चिममा मसाड, माैवाडी, चलघर, च्युरी, बन्सेला, ओदले, रताेडा मालान, भैसेबाटा, काेट, चाेल्थी र उत्तरमा बाजस्थान मन्दिर, गाेठ्युडी लेक, भैराँडी, बाङ्गसल्ला, काेटबुङ्गा, छाना, गडानी, ठुलीखाली र साैलेकाे लेक पर्दछ भने दक्षिणमा तल्लीभाैनबाटा, भुर्भुरे, कुम्मा, सनेडा, जाेशीगाउँ, मलबाब, ओजीगाड, चन्दनपुर, सलिन्जर, क्यासिर, टाटिक लगायतका गाउँहरू पर्दछन् । औल्लेकी धामीहरू भारद्वाज गाेत्री हुन । भाैनबाटीहरु पनि औल्लेकी धामी नै हुन् ।

भाैनबाटीहरूकाे जमिन औल्लेक पारशिलामा हाल सम्म पनि आवादी रहेकाे छ । यसरी मैले भाैनबाटी परिवारकाे बारेमा चित्रण गर्दैगर्दा औल्लेकीहरूलाई बिरानाे भने बनाउन खाेजेकाे हाेइन है । किनकि औल्लेकी धामीहरू सबै हंश राज भट्टकै सन्तान हुन र सगाेत्री (भारद्वाज) पनि ।

भाैनबाटामा भाैनबाटीहरूकाे ठुलाे दुईतले भवन थियाे । वि. सं. २०४२ सालतिर देववाणीभई भाैनबाटामा भणारी घर बनाउनकालागि उक्त भवन भत्काइएकाे हाे । भाैनबाटीहरूकाे पुर्ख्याैली भवन ठुलाे अंग्रेजी 'I' आकारमा रहेकाे र उक्त भवनमा एउटा छुट्टै पाहुना कक्ष (काेठा) रहेकाे मलाई राम्राे सम्झना छ । उक्त भवन बाटाेमा रहेकाे हुँदा भवनबाटा भन्ने गर्दथे ।

भवनबाटा शब्द अपभ्रंश भएर भाैनबाटा भएकाे हाे । भाैनबाटा नाम भाैन र बाटा मिलेर बनेकाे हाे । जहाँ भाैन भनेकाे भवन र बाटा भनेकाे बाटाे भन्ने हुन्छ । विभिन्न गाउँठाउँबाट आउने मान्छेहरूकाे बीचबाटाे उक्त स्थान भएकाेले र पाँच परिवार बस्ने ठुलाे भवन भएकाले भाैनबाटा नाम रहन गएकाे हाे । भाैनबाटामा हंशराज भट्टका सन्तान पछि भाट र धामी भनिएका भाैनबाटीहरू बसाेबास गर्दछन् ।

हाल भाैनबाटीहरूले उक्त स्थानमा भणारी घर निर्माण गरि विभिन्न चाडपर्वहरूमा देव कार्यहरू गर्नुका साथै बाजस्थान मन्दिरकाे पुजन सामग्री तथा अन्य आवश्यक भाँडाकुँडाहरू भण्डार गरिन्छन् । भाैनबाटीहरूकाे पुर्खा दाैल धामी हुन । दाैल धामी धार्मिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व थिए । दाैल धामीमा हुन्शिकर अवतार भई समय समयमा बिभिन्न देववाणीहरू आउने गर्दथे भनेर भाैनबाटी परिवारका बुढापाका र गाउँका अन्य जानकारहरूले बताउँछन् ।

दाैल धामीकाे पालादेखि नै भाैनबाटामा बिभिन्न गाउँठाउँबाट मानिसहरूकाे आवागमन हुने गर्दथ्याे । भाैनबाटाकाे बारेमा चित्रण गर्दा थाेरै भाैनबाटीहरूकाे आनीबानी चालचलन पनि उल्लेखगर्नु सान्दर्भिक हुन्छ हाेला । भाैनबाटीका पुर्खा दाैल धामी हुन । पुर्खाकाे पालादेखि हालसम्म भाैनबाटीहरू विभिन्न धार्मिक, सामाजिक, राजनैतिक लगायतका कार्यहरूमा सक्रिय रहदै आएका छन् ।

दाैल धामीकाे पालादेखि नै भाैनबाटा घर सम्मानित घर पनि हाे । हाल  भाैनबाटीहरू  २/३ परिवार कञ्चनपुर र कैलाली धनगढीमा बसाेबास गर्दछन् । भा‌नबाटीहरू दानी पनि हुन् । किनभने भाैनबाटीका पुर्खाहरूले आफ्ना छिमेकीहरूलाई जग्गा दान गरेका छन् । भाैनबाटीकाे पुर्ख्याैली भवन भत्काएर उक्त ठाउँमा हुनैनाथ बाजस्थान मन्दिरकाे भणारी निर्माण गरिएकाे छ ।

म पनि भाैनबाटी नै भएकाेले मेराे जानकारी अनुसार थाेरै भाैनबाटी वंशावली पनि प्रस्तुत गर्नु बाञ्छनिय देखिन्छ । दाैल धामीका बुवा फाैंरे धामी हुन् । उनका दुई छाेरा मध्ये जेठा छाेरा गुमान सिंह र कान्छा छाेरा सर्पे सिंह हुन । बुवाकाे तीन पुस्ता कागजात हेर्दा गुमान सिंह र सर्पे सिंह भनेर लेखिएकाे छ ।

गुमान सिंहका तीन छाेराहरू :- नयन सिंह धामी, लाल सिंह धामी र फुन्चे सिंह धामी हुन् । नयन सिंह धामीका छाेरा गाेपाल सिंह धामी र नाति चन्द्र सिंह धामी हुन् । चन्द्र सिंह धामीका छाेराहरू :- ललित सिंह धामी, नवीन सिंह धामी , अनुज धामी र छाेरी नीतु धामी हुन् । ललित सिंह धामीका छाेरा किरण धामी हुन् । लाल सिंह धामीका छाेरा धन सिंह धामी र माेहन सिंह धामी हुन् । धन सिंह धामीका छाेरा मान सिंह धामी र रुपेश धामी हुन् ।

मान सिंह धामीका छाेराहरू दिगम्बर सिंह धामी र दिपक धामी हुन् । दिगम्बर सिंह धामीका छाेरा सार्थक धामी र छाेरी देवांशी धामी हुन् । रुपेश धामीका छाेरा किशाेर धामी र छाेरी कविता धामी हुन् । माेहन सिंह धामी वि. सं. २०२८ साल चैत्र महिनामा प्रवेशिका परीक्षा दिएर काठमाण्डाै गएका र हाल सम्म पत्ता नलागेकाे (प्रदेशी), निजका धर्मपत्नी वान्नी धामी हुन् । निज प्रदेशीका सन्तान छैनन् ।  

फुन्चे सिंह धामीका छाेरा दिलप सिंह धामी र कृत सिंह धामी हुन् । दिलप सिंह धामीका छाेरा दान सिंह धामी र राम सिंह धामी हुन् । दान सिंह धामीका छाेराहरू सुरेश सिंह धामी, (सुरेश सिंह धामीका छाेरी सपना र सञ्जना धामी) प्रकाश सिंह धामीका (छाेरा आयुष धामी) र छाेरी शान्ति धामी हुन । राम सिंह धामीका छाेराहरू हरिश धामी र आदित्य धामी हुन्

कृत सिंह धामीका छाेरा राजेन्द्र सिंह धामी र धाैल सिंह धामी हुन् । राजेन्द्र सिंह धामीका छाेराहरू मनाेज सिंह धामी र गणेश सिंह धामी हुन् । मनाेज सिंह धामीका छाेरा हरिअाेम धामी हुन् । निज मनाेज धामीकाे दुर्घटनामा परि भारतमा २०७६ सालमा असामयिक निधन भएकाे । धाैल सिंह धामीका छाेराहरू धिरेन्द्र सिंह धामी र विश्राम सि‌ह धामी हुन् । 

सर्पे सिंहका तीन छाेराहरू : त्रिलाेक सिंह धामी, भद्र सिंह धामी र जयानन्द धामी हुन् । त्रीलाेक सिंह धामीकी छाेरी उदा धामी, भद्र सिंह धामीका चार छाेराहरू : दान सिंह धामी, बजिर सिंह धामी, सुन्दर सिंह धामी र अर्जुन सिंह धामी हुन् । दान सिंह धामीका छाेरा करन सिंह धामी, बजिर सिंह धामीका छाेरा रमेश सिंह धामी, सुन्दर सिंह धामीका छाेरा पुष्कर सिंह धामी र अर्जुन सिंह धामीका छाेरा दिपक सिंह धामी र महेश सिंह धामी हुन् ।

धाैल सिंह धामीका चार छाेराहरू खडक सिंह धामी, देव सिंह धामी, मान सिंह धामी र इन्द्र सिंह धामी हुन् । खडक सिंह धामीका छाेरा माेहन सिंह धामी र वीर सिंह धामी, देव सिंह धामीका छाेराहरू जनक सिंह धामी, शंकर सिंह धामी, राम सिैह धामी र लक्षमण सिंह धामी हुन् । मान सिंह धामीका छाेरा पदम सिंह धामी र इन्द्र सिंह धामीका छाेरा महेश धामी हाे । भाैनबाटीहरू शिक्षण पेशा, नेपाली सेना, नेपाल प्रहरी, व्यापार व्यावसाय र काेही वैदेशिक राेजगारीमा संलग्न रहेका छन् । भाैनबाटीहरूका नजिकका छिमेकी अवस्थी ब्राह्मण हुन ।

अवस्थीहरू निकै मिलनसार, शिक्षित, सभ्य र सहयाेगी छन् । एकै पानी पँधेराे तथा जग्गा जमिनकाे सिमाना समेत हामीसँग जाेडिएकाे छ । 
क्रमश : ...

मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ - ४ गाेठ्युडी (काेटबुङ्गा)
दार्चुला

कमेन्ट लोड गर्नुस