चन्द बने कैलालीमा महिनाको उत्कृष्ट प्रहरी
धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सहायक प्रहरी हवल्दार महेशबहादुर चन्द उत्कृष्ट प्रहरी घोषित भएका छन्।
चन्द जिल्लामै असार महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक नरेन्द्र चन्दको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी सहायक हवल्दार महेशबहादुर चन्दलाई उनको कार्यसम्पादन, अनुशासन, आचरण तथा अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको आधारमा २०८३ साल असार महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मान एवं प्रशंसा पत्र प्रदान गरिएको हो।