सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बस दुर्घटना

२०७६ भदौ २२, १२:१५ खबर संवाददाता

कैलालीमा बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन्। जिल्लाको टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७९७६ नम्वरको बस लम्कीचुहा नगरपालिका १ मा दुर्घटना हुँदा ७ जना घाईते भएका हुन्। बस अनियन्त्रित भएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बसमा सवार १७ जना मध्ये ७ जना घाईते भएको र उनीहरुको लालरत्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। ५ जनाको अवस्था सामान्य भएपनि दुई जनाको अवस्था भने मध्यम रहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस