सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभामा बजेट तथा आर्थिक विधेयक टेबुल

२०८३ असार २३, ०१:३३ खबर संवाददाता

धनगढीः मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत चौथो बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आर्थिक वर्ष २०८३/०८४ का प्रमुख आर्थिक दस्तावेज सभासमक्ष टेबुल गरेका छन्।

प्रदेश सभा नियमावली, २०८० को नियम १३५ को उपनियम (३) बमोजिम आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरिएको छ। यस्तै, नियम १४६ को उपनियम (१) अनुसार ‘अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक’ तथा नियम १३९ को उपनियम (६) बमोजिम आर्थिक वर्ष २०८३/०८४ का सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने व्यवस्था सम्बन्धी विधेयक पनि सभामा टेबुल गरिएको हो।

त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गरेका छन्। साथै, थारु आयोग, मुस्लिम आयोग र मधेशी आयोगका सातौँ वार्षिक प्रतिवेदन पनि प्रदेश सभामा प्रस्तुत गरिएको छ।

कमेन्ट लोड गर्नुस