सुदूर नेपाललाई विश्वसँग जोड्दै

जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ

२०८३ असार २१, ०७:०८ खबर संवाददाता

धनगढीः २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–२ मा डेरा गरी बस्ने सिराहा बिष्णुपुर गाउँपालिका–४ घर भएका २८ वर्षीय हेमन्त कुमार ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। हेमन्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस