धनगढीमा चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
धनगढीः धनगढीमा चोरी मुद्दामा सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतको फैसलाअनुसार कैद र जरिवाना भएका उनीहरू लामो समयदेखि फरार थिए।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का सुरेश चौधरी रहेका छन्। अदालतले उनलाई चोरी मुद्दामा ३ महिना कैद र ७ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
त्यस्तै, धनगढी उपमहानगरपालिका–२ कै जोगलाल चौधरी पनि पक्राउ परेका छन्। उनलाई चोरी मुद्दामा ४ महिना १५ दिन कैद र १० हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।