गाडी पुरिँदा चालकको मृत्यु
म्याग्दीः बुधबार बेलुका बेनी जोमसोम सडक खण्डको अन्नपुर्ण गाउँपालिका-६ महभिर नजिक पहिरोमा गाडी पुरिँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी इन्सपेक्टर सागर तिमिल्सिनाका अनुसार चालक विरगञ्ज महानगर २१ का सोहील मियाँको मृत्यु भएको हो। मुस्ताङको कोरलाबाट आएको नयाँ इभी चालक मात्र रहेको र पहिरोमा पुरिएर गम्भीर अवस्थामा चालकको उद्धारगरी प्रदेश अस्पताल बेनीमा उपचारका लागि ल्याएको थियो।
अस्पतालमा ल्याइपुर्याउँदा डाक्टरले चालकलाइ मृत घोषित गरेको इन्सपेक्टर तिमिल्सिनाले जानकारी दिए। मृत्यु हुने चालक विरगञ्ज महानगर २१ का सोहील मियाँ रहेको खुलेको र अन्य विवरण नखुलेको प्रहरीले जनाएको छ।