बर्खास्त तीन जना सञ्चारकर्मीको पुर्नवहाली गर्न माग
२०७६ भदौ १८, ०६:२९
रेडियो नेपाल, प्रदेश प्रसारण केन्द्र दीपायलमा कार्यरत तीन जना सञ्चारकर्मीलाई बर्खास्त गरिएको विरोधमा बुधबार सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। प्रेस युनियान कैलाली सहित सुदूरपश्चिमका शाखाहरुले प्रमुख जिल्ला अधिकार मार्फत सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत पनि सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। रेडियो नेपालले विना कारण हटाएका तीन जना सञ्चारकर्मी सुनिता रावल, प्रकाश बम र चक्रा कुँवरलाई तत्काल पुर्नवहालीका माग गर्दै ज्ञापनपत्र बुझाईएको प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले बताए।
कमेन्ट लोड गर्नुस