सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार रियालिटी शो भाेलि, साहित्यकार भट्टले उद्घाटन गर्ने

२०८३ असार १०, ०४:५६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम र कर्णाली प्रदेशका लुकेका प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजना गर्न लागिएकाे सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार रियालिटी शोको समुद्घाटन भोलि बिहान हुने भएको छ।

शनिश्चर म्युजिक कम्पनीद्वारा आयोजित उक्त रियालिटी शोको समुद्घाटन संस्कृतिविद् तथा साहित्यकार डा. देवेन्द्र प्रसाद भट्ट (दीप्त) को प्रमुख आतिथ्यतामा विहान ८ बजे हुने आयाेजकले जनाएकाे छ।उक्त कार्यक्रम रिद्धि सिद्धि पार्टी प्यालेस अगाडि आयोजना गरिनेछ।

समुद्घाटन समारोहमा संगीतकार कृष्ण भारद्वाज पण्डित तथा चर्चित नृत्य निर्देशक जेम्स जोशीको विशिष्ट उपस्थिति रहने कार्यक्रमका क्याप्टेन जुरी समीर परियारले बताए। 

आयोजकका अनुसार उक्त रियालिटी शो सुदूरपश्चिम र कर्णाली प्रदेशकै सबैभन्दा ठूलो गायन तथा नृत्य प्रतियोगिता हो। यस प्रतियोगितामार्फत दुर्गम तथा पिछडिएका क्षेत्रका प्रतिभाशाली गायक र नृत्य कलाकारलाई व्यावसायिक मञ्च प्रदान गर्दै उनीहरूको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य लिइएको छ।

कला, संस्कृति र सिर्जनाको महाउत्सवका रूपमा सञ्चालन हुन लागेको यस कार्यक्रमले स्थानीय प्रतिभाको पहिचान, संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस