सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज पनि सुनचाँदीको मूल्य घट्यो

२०८३ असार १०, ११:३५ खबर संवाददाता

काठमाडौँः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला तीन हजार ६०० ले घटेको छ भने चाँदी रु १०५ ले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र चाँदीको मोल रु चार हजार ४८५ निर्धारण भएको छ।

हिजो मङ्गलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र एक तोला चाँदी चार हजार ५९० मा खरिदबिक्री भएको थियो।
 
त्यसैगरी, गत सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ७३० मा किनबेच भएको थियो।
 
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

कमेन्ट लोड गर्नुस