सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका गाउँबस्तीमा खानेपानी संकटः बनेका धारा पनि सुख्खा

२०८३ असार ९, ०५:२४ खबर संवाददाता

बाजुराः बाजुराका गाउँबस्तीमा विगत पाँच/सात वर्ष पहिला निर्माण गरिएका अधिकांश धारामा अहिले पानी झर्दैन । 

सरकारको ‘एक घर एक धारा’ निर्माण गर्ने लक्ष्य भए पनि यहाँका गाउँबस्तीका बासिन्दाले भने अहिले पनि एक धारामा सयौँको सङ्ख्याले घन्टौँ लाइन लाग्नुपर्ने अवस्था रहेको जगन्नाथ गाउँपालिका–६ का बासिन्दा केपी सार्कीले बताए।  

यहाँका हिमाली स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, गौमूल, बडीमालिका, बुढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदहलगायतका अधिकांश गाउँबस्तीमा पछिल्लो समय खानेपानीको अभाव हुन थालेको छ ।

यहाँका साना खानेपानीका मुहान सुक्दै गएपछि गाउँमा खानेपानीको चरम अभाव उत्पन्न भएको जगन्नाथ गाउँपालिका–६ का वडाध्यक्ष धनवीर सार्कीले बताए। उनले भने, “गाउँभन्दा तल कर्णाली नदी बगिरहेको छ तर गाउँबस्तीमा खानेपानी छैन । कर्णालीको पानी लिफ्टद्वारा गाउँमा ल्याएर ट्याङ्कीमा जम्मा गर्न पाए हुन्थ्यो । त्यसका लागि आवश्यक ठुलो बजेट स्थानीय तहसँग छैन ।”

जगन्नाथ गाउँपालिका–६ मा जेवालडाँडा खानेपानी निर्माण सुरु भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डोटीका प्रमुख सुरेन्द्र थापाले बताए।    
 

कमेन्ट लोड गर्नुस