डडेल्धुरामा विप्लव समूहका नगर इञ्चार्ज पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन्। ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य दमन नेपाली पक्राउ परेका हुन्। उनलाई परशुराम नगरपालिका–१० जोजलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। बिहान पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ।