सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरे गाउँपालिका असार महिना भरी बिदाका दिन पनि सञ्चालन हुने

२०८३ असार २, ०६:२५ खबर संवाददाता

अत्तरिया – कैलालीको चुरे गाउँपालिका असार महिना भरी सञ्चालनमा आउने भएको छ। मंगलबार गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका कार्यालय असार महिना भरी बिदाको दिन पनि सञ्चालनमा रहने उल्लेख छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीद्वारा जारी सूचनामा आर्थिक वर्षको अन्तिम महिनामा हुने कामको चाप र सेवाग्राहीलाई हुने असहजतालाई मध्यनजर गर्दै असार महिना भरी सार्वजनिक बिदाका दिन पनि गाउँपालिकाको कार्यालय सञ्चालनमा रहने उल्लेख छ।

सूचनामा बिदाका दिन भुक्तानी सम्बन्धी फाइल पेस गर्ने, योजना अनुगमन, नाप जाँचका निवेदन पेस गर्ने लगायतका सेवा लिन अनुरोध गरिएको छ।

कमेन्ट लोड गर्नुस