मोटरसाईकल दुर्घटनामा परी धनगढीका एक जनाको मृत्यु
कैलालीमा गोरुगाढासँग ठोक्किएर भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ स्थित के गाउँमा हसुलियाबाट धनगढी आउँदै गरेको से २ प ९६८७ नम्बरको मोटरसाईकल गोरु गाढासँग ठोक्किदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालवयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दुर्घटनामा परी मृत्यु हुनेमा धनगढी ७ बस्ने अन्दाजी ४६ वर्षीय राम बहादुर चौधरी रहेको जानकारी दिए। उनका अनुसार साँझ पौने ६ बजेतीर भएको दुर्घटनामा परी गम्भीर घाईते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। गोरु गाढा सहित एक जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।