सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदिरा सेवन गरेको समूहद्धारा कैलालीमा आमाछोरीमाथि बलात्कार प्रयास

२०७६ भदौ १७, ०१:४७ खबर संवाददाता

कैलालीमा मदिरा सेवन गरेको समूहले आमाछोरीमाथि बलात्कारको प्रयास गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिकाको धुर्जन्नामा गएराती आमा छोरी सुतेको बेला बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले गएराती १२ बजेको समयमा सुतिरहेका बेला मदिरा सेवन गरेर आएको दुईजनाको समूहल आमाछोरीमाथी बलात्कारको प्रयास गरेको जनाए।

युवतीको मुख थुनेर बलात्कारको प्रयास गरेपछि आमाले हारगुहार गरेपछि उनीहरु भागेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।  अहिले आमाछोरीको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण भईरहेको  बताउँदै बस्नेतले बलात्कार प्रयास गर्नेहरुको खाजी भईरहेको जानकारी दिए। 
 
 

कमेन्ट लोड गर्नुस