सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषधसहित १३ जना पक्राउ

२०८३ जेठ ३०, ०६:१४ रासस

काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशको विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
 

प्रहरी समाचार कक्षका अनुसार सिन्धुली र सुनसरीबाट तीन/तीन, रौतहटबाट दुई, मोरङ, नवलपरासी पूर्व, कैलाली, सिरहा र बाँकेबाट एक/एक जना पक्राउ परेका हुन् ।
 
प्रहरीले उनीहरुको साथबाट लागुऔषध गाँजा र खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरेको छ।

कमेन्ट लोड गर्नुस