सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेडियो नेपालबाट निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्न ट्रेड युनियनको माग

फाईल फोटो
फाईल फोटो
२०७६ भदौ १६, ०२:०८ खबर संवाददाता

रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्न माग गरिएको छ। नेपाल टे«ड युनियन काग्रेंस सुदूरपश्चिम प्रदेशले कर्मचारीलाई निष्कासन गरिएको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल पुर्नवहाली गर्न माग गरिएको हो।

 ट्रेड युनियन सुदूरपश्चिमका अध्यक्ष सिद्धराज भट्ट र सचिव नवराज ओझाले विज्ञप्ती जारी गर्दै सरकारको ठाडो निर्देशनमा रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलले सेवाबाट बर्खास्त गर्ने निर्णय प्रति नेपाल टे«ड युनियन काग्रेंसको गम्भीर ध्यानाकर्षण जनाएका छन्।

 पुर्नवहालीको माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिईएको छ।  रेडियो नेपालले बिनाकारण प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत सञ्चारकर्मीहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई निष्काशन गरेको आरोप लाग्दै आएको छ। उनीहरुलाई पुर्नवहालीको माग गर्दै पत्रकार महासंघ डोटीले पनि विभिन्न किसिमका आन्दोलनका कार्यक्रम गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस