सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङलाई हराउँदै नेपालले जित्याे एशियाली खेलकुद छनोटको उपाधि

२०८३ जेठ २५, ०६:११ खबर संवाददाता

काठमाण्डाै: हङकङलाई हराउँदै नेपालले एशियाली खेलकुद छनोटको उपाधि जितेको छ। सिङ्गापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हरायो।

हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो। नेपालका कुशल भुर्तेलले ६५, रोहित पौडेलले नटआउट ३५ रन बनाए। हङकङका आयुष शुक्ला र एहसान खानले १/१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो। हङकङका अंशुमन रथले ८०, शाहिद वासिफले ५५ रन बनाए । नेपालका शेर मल्लले ४ विकेट लिए।

यस्तै ओमानलाई हराउँदै मलेशिया एशियाली खेलकुद छनोटमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा मलेशियाले ओमानलाई ८ विकेटले हरायो ।

यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेशिया र ओमान एशियाली खेलकुदमा छनोट भएका छन् ।

कमेन्ट लोड गर्नुस