सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र लम्कीबाट एक किशोरी र युवक लागूऔषधसहित पक्राउ

२०८३ जेठ २२, ०७:२७ खबर संवाददाता

धनगढीः धनगढी र लम्कीबाट एक किशोरी र युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ मोहना नदी किनारबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका–३ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी, लम्कीचुहा नगरपालिका–६ चैनपुरबाट सोही ठाउँ बस्ने २१ वर्षीय बिकास थापा मगरलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्रामसहित विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले उनको घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस