सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापामा बोराभित्र प्याक गरिएको अवस्थामा महिलाको शव फेला

२०८३ जेठ १६, ०३:०६ खबर संवाददाता

झापा: झापामा एक महिलाको बीभत्स अवस्थामा शव फेला परेको छ। जिल्लाको एक स्थानमा बोरामा पोको पारिएको अवस्थामा पहिचान नखुलेको महिलाको शव फेला परेको हो।

फेला परेको शवको हातमा ट्याटू खोपिएको देखिएकाले प्रहरीले सोही प्रमाणका आधारमा मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ। घटनाको प्रकृति हेर्दा हत्या गरेर बोरामा फालेको हुन सक्ने आशंका गरिएको छ।

नेपाल प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको र शवको पहिचान वा घटनाका बारेमा केही जानकारी भएमा तुरुन्त प्रहरीलाई खबर गर्न सर्वसाधारणमा अपील गरेको छ।

प्रहरीले विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस