कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ
२०८३ जेठ १२, ०६:५५
धनगढीः कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका–५ कौवा खेडाबाट १२० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा लम्की चुहा नगरपालिका–९ बस्ने २७ वर्षीय प्रमोद गिरी र २२ वर्षीय रामबहादुर बि.क.रहेका छन्।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले से १ प ८३०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस