धनगढीबाट १० कक्षाका विद्यार्थी सुरज जोशी बेपत्ता, खोजीका लागि परिवारको अपिल
धनगढी। डोटीको के.आई.सिंह गाउँपालिका–४ वायल, चन्केसैन स्थायी घर भई हाल धनगढी बसोबास गर्दै आएका एक बालक हराएका छन्।
के.आई.सिंह गाउँपालिका–४ वायल निवासी नवराज जोशीका नाती तथा बासुदेव जोशीका छोरा *सुरज जोशी* हिजो साँझ करिब ८ बजे बसोबास गरिरहेको कोठाबाट निस्किएपछि हालसम्म सम्पर्कविहीन भएका हुन्। सुरज धनगढीस्थित पञ्चोदय स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।
परिवारका अनुसार सुरजले कालो टी–सर्ट र निलो हाफ पाइन्ट लगाएका थिए। उनीसँग साइकल समेत हुन सक्ने अनुमान गरिएको छ। शारीरिक बनोट अनुसार उनी अलि कालो र पातलो छन्।
बालक अहिलेसम्म न त कोठामा फर्किएका छन्, न त आफन्त तथा चिनजानका ठाउँमा फेला परेका छन्। यस घटनापछि परिवार अत्यन्तै चिन्तित बनेको छ।
यदि कसैले सुरज जोशीलाई देख्नुभएको वा कुनै जानकारी पाउनुभएको छ भने नजिकको प्रहरी चौकीमा वा तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी गराइदिन परिवारले आग्रह गरेको छ।
सम्पर्क नम्बर:
बुवा: ९८६०१७८९१८
दिदी: ९७६९९३२००६
सम्बन्धित सबैलाई उक्त सूचना सकेसम्म धेरैमा सेयर गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।