डडेल्धुरामा रुखबाट लडेर एक महिलाको मृत्यु
डडेल्धुराः डडेल्धुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडा बस्ने ३७ वर्षकी लक्ष्मी भण्डारीको मृत्यु भएको हो। भण्डारी आफ्नै घर नजिक डालेघाँसको रुखमा स्याउला काट्ने क्रममा रुखबाट खसेर गम्भिर घाईते भएकी थिइन्। उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।