सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृतक प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानका परिवारलाई आर्थिक सहयोग

२०८३ जेठ ५, ०९:४३ खबर संवाददाता

धनगढी: सशस्त्र प्रहरी बल नेपालले उपचारका क्रममा मृत्यु भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान महेशसिंह महताको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर बनबेहडा, कैलालीमा सञ्चालित सि.सं. २७० (जि) सशस्त्र प्रहरी जवान आधारभूत तालिममा सहभागी रहेका महताको उपचारका क्रममा  निधन भएको थियो।

दार्चुलाको नौगाड गाउँपालिका–१ घर भएका महता २०८२ फागुन १ गते सशस्त्र प्रहरी जवान पदमा नियुक्त भएका थिए। तालिमका क्रममा बिरामी परेपछि उनको विभिन्न अस्पतालमा उपचार गरिएको थियो। उपचारकै क्रममा २०८३ वैशाख २१ गते बिहान ५ः०५ बजे उनको निधन भएको थियो।

महताको १५औँ दिनको पुण्यतिथिको अवसर पारेर सशस्त्र प्रहरी बलमा कार्यरत सकल दर्जाबाट संकलन गरिएको ४ लाख ८ हजार ४० रुपैयाँ मृतकका बुवा धन सिंह महतालाई हस्तान्तरण गरिएको हो।

उक्त रकम २०८३ जेठ ५ गते शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सूर्यबहादुर सेन ओली श्रद्धाञ्जली सभामा हस्तान्तरण गरेका हुन्।

कमेन्ट लोड गर्नुस