आज पनि घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ: स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार ५०० र चाँदी रु ३३० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ६० कायम भएको छ।
गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३९० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५४० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।