कैलालीमा नदीमा डुबेर ९ वर्षीय बालकको मृत्यु
कैलाली:कैलालीको घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका भद्र बमका ९ वर्षीय छोरा शुसिल बम रहेका छन्। शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि प्रहरी चौकी पहलमानपुरबाट प्रहरी टोली खटिएको थियो।
प्रहरीले डुबेकै स्थानबाट अशक्त अवस्थामा फेला पारी उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्याएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।