सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार सिफारिस समिति गठन

२०८३ वैशाख ३१, ०३:२९ खबर संवाददाता

धनगढी:शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको छ।

बिहीबार शिक्षामन्त्री सस्मित पोखरेल को अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको बैठकले नयाँ सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो।

अध्यादेशमार्फत पदाधिकारीहरू पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन समिति गठन गरिएको जनाइएको छ।

समितिको संयोजकमा जयराज अवस्थी रहने छन् भने सदस्यमा प्रा.डा. लोचना श्रेष्ठ र दिनेश लम्साल रहेका छन्। यसअघि पनि अवस्थीकै संयोजकत्वमा उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको थियो।

कमेन्ट लोड गर्नुस